न्यूरोडबाट साढे २ लाखसहित ६ जना पक्राउ
पाेखरा | असार ३१, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ जनालाई जुवाखालबाट प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका वडा न. ८ न्यूरोडस्थित नवीन गौचनको घरबाट कास्कीबाट खटिएको प्रहरीको टोलीले नगद २ लाख ५३ हजार ५ रुपै याँसहित ६ जनालाई प्रकाउ गरेको हो ।
कास्की प्रहरीका अनुसार पकाउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका ३ का ३२ वर्षिय नवीन गौचन, ५४ वर्षिय सोमत तुलाचन, पोखरा अर्चलबोटका ५३ वर्षिय बिराट के।सी, म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ का ४९ वर्षिय कबिन तुलाचन, पोखरा फूलबारी बस्ने ४६ वर्षिय अमित गुरुङ र ४५ वर्षिय नरकाजी गुरुङ रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

